पठाओ दुर्घटना: चालक र यात्रु दुवैको मृत्यु

  Sampatti News

November 17, 2021

पठाओ दुर्घटना: चालक र यात्रु दुवैको मृत्यु

काठमाडौं-पठाओ स्कुटर दुर्घटना हुदाँ काठमाडौंको कलंकीमा चालक र यात्रु दुबै जनाको मृत्यु भएको छ ।

कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

प्रहरीका अनुसार मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादवकुमार शाह रहेका छन् ।

परिसरका अनुसार कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशा बल्खुबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठक्कर दिँदा स्कुटर चालक र पछाडि बसेका यात्रु घाइते भएका थिए ।

गम्भिर घाइते भएका दुवै जनलाई उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो ।

तर, दुवै जनाको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

भाडावाला वस र स्कुटर महानगरीय प्रहरी वृत कालीमाटीको नियन्त्रणमा रहेको छ ।

पठाओ दुर्घटना: चालक र यात्रु दुवैको मृत्यु

प्रकाशित मिति:November 17, 2021