November 17, 2021
एक-दुई जनाका कारण न्यायालयलाई विकृत बनाउन नहुने: नेता सिंह
काठमाडौं-सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।
न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने उनको धारणा रहेको थियो ।
बुधबार विराटनगर पुगेका नेता सिंहले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एक(दुईजना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने भनाइ राखेका छन् ।
उनले भने, ‘न्यायालय स्वतन्त्र निकाय हो। सरकार न्यायपालिका भइरहेको विवादको मूकदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्छ ।’
साथै उनले वर्तमान स्थितिमा अर्ली इलेक्सनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए ।
पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेसमेत दोहोर्याएका छन् ।
वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाइ छ।
एक-दुई जनाका कारण न्यायालयलाई विकृत बनाउन नहुने: नेता सिंह
प्रकाशित मिति:November 17, 2021
November 24, 2024