November 18, 2021
शहरी बिकाश मन्त्रालयमा मन्त्री झाक्रीको डोजर अभियान
काठमाडौँ-संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारिको पेशागत समुहलाई कर्मचारितन्त्र भनिन्छ ।
स्थायी सरकार मानिने कर्मचारी प्रशासन तटस्थ हुनुपर्छ भन्ने मान्यता छ । कसैको पक्ष नलिने, सरकार र आफ्नो कामप्रति वफादार रही काम गर्ने, नियम–कानुनको पालनामा विशेष भूमिका खेल्ने नै तटस्थ प्रशासन हो ।
कतै पनि झुकाव नराखी कानुनबमोजिम तोकिएको भूमिका निर्भीक भएर निर्वाह गर्ने कर्मचारी तटस्थ मानिन्छ । आमरूपमा राजनीतिज्ञले नीति निर्माण गर्दछ । प्रशासनले ती निर्णयको कार्यान्वयन गर्दछ ।
कर्मचारीले राजनीतिक क्रियाकलापमा दलीय पक्षपोषण हुने गरी भाग लिँदैनन् र सार्वजनिक रूपमा सरकारका नीतिप्रति व्यक्तिगत विचारहरू प्रस्तुत गर्दैनन् ।
त्यसो गरिएमा कर्मचारीतन्त्र निष्पक्ष, तटस्थ र पारदर्शी हुँदैन । सार्वजनिक सेवा प्रवाहमा व्यक्तिगत हित हाबी भएमा यो संयन्त्रको तटस्थता सैद्धान्तिक र व्यावहारिक रूपमा धुमिल हुन्छ ।
यो माथि उल्लेख गरिएको कर्मचारितन्त्रको सिद्धान्त तथा ब्याख्या नेपालको सन्दर्भमा मात्र कागजमा सिमित छ ।
बास्तविक्तामा कर्मचारितन्त्रको प्रयोग गरेर खुलेआम ‘सेटिङ’ को कार्य नेपालको निजामती सेवामा मौलाउदै आएको छ । अहिले बिभिन्न क्षेत्रका माफियाहरुले आफ्नो ब्यक्तिगत तथा ब्यवसायिक स्वार्थका लागि कर्मचारीको टिम मिलाएर काम लिदै आएका छन् ।
कर्मचारीको टिम मिलाउन लाखौ पैसा खर्च गरेर कर्मचारीलाई धेरै समयसम्म एउटै क्षेत्र तथा कार्यलयमा राख्ने सरुवा रोक्ने लगायतका कार्यहरु हुदै आएको छ ।
सो लाभको स्थान नछाड्न तथा सरुवाबाट बच्न कर्मचारी समेत ज्यान दिएर राजनीतिक तथा ब्यवसायिक ब्यक्तिको चाकडीमा तल्लीन रहने गरेका छन् ।
जसकारण जनताको भन्दा आफ्नो र खटाउने ब्यक्ति तथा संस्थाको चाहनामा काम गर्ने हुँदा त्यसले सिङ्गो कर्मचारीतन्त्रनै बदनामित रहदै आएको छ ।
यस्तो प्रवृतीले निजामती सेवामा रहेका स्वच्छ छविका ईमान्दार कर्मचारी समेत बदनाम हुन पुगेका छन् ।
‘मन्त्रालय तथा मातहतका निकायहरूबारे आन्तरिक तथा बाह्य स्रोतहरूबाट जानकारी लिएपछि मन्त्रीज्यूले केही नीतिगत निर्णयसँगै सेटिङमा खटाइएको कर्मचारीको जालो तोड्ने अभियान शुरुआत भएको समाचार श्रोतले उल्लेख गरेको छ ।
यस्तो प्रवृती र कर्मचारीतन्त्रकै बिकृती तोड्ने आट अहिले नेकपा समाजवादीको तर्फवाट शहरी बिकाश मन्त्रालयको नेतृत्व गरिरहेकी शहरी बिकाशमन्त्री राम कुमारी झाक्रीले गरेकी छिन् ।
मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंह मन्त्रालय सचिब र राष्ट्रसेवक भन्दाबढी ठेकदारको रुपमा मन्त्रालयमा हालीमुहाली गर्दै यि सबै बिकृती भित्रयाएका हुन् ।
उनले आर्थिक चलखेलमा कर्मचारी सरुवा गर्ने लगायतका काम बिगत देखी गर्दै आएका छन् ।
आफ्नै सर्वे कम्पनी समेत स्थापना गरेर मन्त्रालयको पावर उपयोग गरी यिन्ले अकुत आर्जत गरेका छन् ।
अहिले मन्त्री झाक्रीले सेटिङमा खटाइएको कर्मचारीको जालो तोड्नुको साथै जालो लगाउने मन्त्रालयकै माकुराको समेत उपचार गर्न तर्फ समेत अग्रसर हुने तयारीमा रहेको बुझीएको छ ।
माफियाहरुले आफ्नो ब्यक्तिगत तथा ब्यवसायिक स्वार्थका लागि कर्मचारीको टिम मिलाएर काम लिदै आएका शहरी विकास मन्त्रालयका बिभिन्न १८ जना कर्मचारीको मन्त्री झाक्रीले सरुवा गरेकी हुन् ।
प्रभु शाह शहरी बिकाशमन्त्री हुदा माफियाहरुको ठुलो आर्थिक चलेखेल तथा मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहको योजनामा २०७७ माघमा शहरी विकास विभागको महानिर्देशकलगायत आकर्षक निकायहरूमा कर्मचारीको सरुवा भएको थियो ।
तत्कालीन मन्त्री प्रभु शाहलाई आफूअनुकुल ब्रिफिङ गरी पहिलो नम्बरका सहसचिव पदम कुमार मैनालीलाई पाखा लगाउदै तेस्रो बरिएताका नवराज प्याकुरेललाई महानिर्देशक बनाइएको थियो ।
कर्मचारी वृत्तमा मन्त्री शाहको यो कदमको निकै चर्को आलोचना भएको थियो ।
यसरी वरियताक्रम समेत मिचेर गरिएको नियुक्तीले निजामती सेवामा रहेका स्वच्छ छविका ईमान्दार कर्मचारीमाथी ठाडो अन्याय भएको थियो ।
छानी–छानी वरियताक्रम समेत मिचेर माफियाहरुको आर्थिक चलखेल तथा कर्मचारीकै चाकडिको भरमा आफ्नालाई मालदार निकायमा खटाइएको विषय नवनियुक्त मन्त्री रामकुमारी झाक्रिकहाँ पुगेपछि उनले महानिर्देशक प्याकुरेलसहित १८ जना कर्मचारीको तत्काल सरुवा गरेकी छिन् ।
मन्त्री रामकुमारी झाक्रिले गरेको मन्त्रालयस्तरको निर्णय अनुसार शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा र मन्त्रालयका सहसचिव पदम कुमार मैनालीलाई विभागमा पठाइएको छ ।
यसैगरी शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिलीप भण्डारीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा खटाइएको छ भने त्यहाँका सिडिई रवीन्द्र बोहोरालाई विभागमा सरुवा गरिएको छ ।
टुकुचा ट्रिटमेन्ट प्लान्टका लागि कम्पनी छनौटमा सेटिङ भइरहेको कुरा मन्त्री झाक्रिकहाँ पुगेपछि सोबारे अहिले छानबिन भइरहेको छ ।
करिब ७ अर्बको उक्त आयोजनमा एक प्रतिशतको मात्रै हिसाब गर्दा सात करोड हुन आउँछ ।
यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका नारायण भण्डारीलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको कायम मुकायम नायव विकास आयुक्तको कार्यालय काठमाडौँ, सिडिई सचिन्द्र कुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सप्तरी ।
त्यस्तै एकराज अधिकारीलाई शहरी विकास तथा भवन निर्माण विभागबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषा, शिखर लामा तामाङलाई विभागबाट सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा ।
रमेश थिंगलाई सङ्घीय आयोजना कार्यान्वयन इकार्य बाँकेबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देही, त्यहाँ कार्यरत विदुर खड्कालाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँके ।
रोशन श्रेष्ठलाई नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट सङ्घीय अयोाजना कार्यान्वयन इकाई मोरङ र त्यहाँ कार्यरत गङ्गा प्रसाद यादवलाई सहरी विकास तथा भवन निर्माण विभाग ।
हिमाल के.सी.लाई विभागबाट नयाँ शहर आयोजना समन्वय कार्यालय, प्रकृर्ण तुलाधरलाई सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाबाट विशेष भवन निर्माण आयोजना बबरमहल ।
त्यस्तै प्रदीप कुमार सिंहलाई मन्त्रालयबाट सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला सरुवा गरिएको छ ।
यसैगरी इन्जिनियरत्रय खड्ग बहादुर चौधरीलाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट सघन शहरी तथा भवन निर्माण आयोजना दाङ, प्रदीप कुमार खनाललाई सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट शहरी विकास तथा भवन निर्माण विभाग ।
र सुदर्शन शर्मालाई सघन शहरी तथा भवन निर्माण आयोजना झापाबाट मन्त्रालयमा सरुवा गरिएको छ ।
शहरी बिकाश मन्त्रालयमा मन्त्री झाक्रीको डोजर अभियान
प्रकाशित मिति:November 18, 2021