८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

  Sampatti News

November 19, 2021

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं-नेपाल प्रहरी बढुवा समितिको बैठकले ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलका अनुसार बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको बताइएको छ ।

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

प्रकाशित मिति:November 19, 2021