एमालेमा नेताको खाँचो र खडेरी छैन:नेता भट्टराई

  Sampatti News

November 19, 2021

एमालेमा नेताको खाँचो र खडेरी छैन:नेता भट्टराई

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने घोषणा गरेका छन् ।

उनले भने,‘यो महिाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने पनि विश्वास दिलाए ।

उनले भने,‘एमालेले ५० प्रतिशतभन्दा बढि स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं ।

अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ ।

यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुनेछ। सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिलाए ।

उनले भने–‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो ।

हामी त्यहीअनुसार अघि बढेका छौं । यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिष्पर्धा गर्ने छुट छ ।

हरेकले त्यो अधिकार प्रयोग गर्न पाउनुहुन्छ । यो विधानतः अधिकार प्राप्त छ ।

तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो । सहमतिमार्फत नेतृत्व चयन हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु ।’

हरेक मान्छेले आफूले चाहेको पदमा उठ्न पाउने

सहमति नभए हरेक मान्छेले आफूले चाहेको पदमा उठ्न पाउने उनले बताए ।

हाम्रो पार्टीमा रहेका सबैको सम्मानजनक उपस्थिति र जिम्मेवारी हुन्छ।’ यद्धपी उनले आफू कुन पदमा उठ्ने भनेर अहिले नै भन्न भने हतार हुने टिप्पणी उनले गरे ।

अहिले नै हतार गरेर मलाई यो पद देउ भन्न मिल्दैन् । सर्वसममत् गर्दा सहमतिले यो पदमा बस्नुहोस भन्न सकिन्छ, मैले अहिले नै यो पदमा उम्मेद्धवारी घोषणा गरें भन्न मिल्दैन् ।

म अहिले पनि सचिव त छँदैछु । माथि जाने इच्छा लाग्यो भने मलाई स्वतन्त्रता छ । म लड्नसक्छु । होईन, अहिले तपाईँ सचिवमै बसेर काम गर्नुहोस भन्नुभयो भनेपनि ठिकै छ ।

सचिवबाट हट्नुहोस भनेपनि म खुल्ला छु । नेतृत्व सर्वसम्मत् हुँदा केपी ओली नै अध्यक्ष हो। नेतृत्वमा सहमति भएन भने कसैलेपनि उम्मेद्धवारी दिन सक्छ, अब पार्टीमा गुट-उपगुट हुँदैन् ।’

उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए ।

उनले भने,‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेको होईन । देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्याउने लक्ष्य हो । यो कसले गर्न सक्छ त भन्दा ? एमालेले मात्रै गर्नसक्छ । त्यसको संकल्प माहधिवेशनले गर्छ ।’

उनले यसपटक चुनावको पूर्वसन्ध्यामा पार्टीको महिावधेशन गर्न लागेको र पार्टी विभाजन भएको अवस्था भएकोले महाधिवेशनमार्फत एमलोले जनतासामू आफ्नो वर्चश्व प्रस्तुत गर्न खोजिरहेको पनि सुनाए ।

महाधिवेशनमा खर्च हुन्छ तर, एमालेले कसैसँग चन्दा लिँदैन्

उनले भने,‘महाधिवेशनमा खर्च हुन्छ, तर, एमालेले कसैसँग चन्दा लिँदैन् । जति पनि पैसा कलेक्शन गर्दैछौं, पार्टीका संगठित सदस्यहरुबाट संकलन गरेका छौं, पार्टी सदस्यताबाट एक सय रुपैयाँको दरले उठाउँदापनि साँढे ८ करोड रुपैयाँ जम्मा हुन्छ ।

यो महाधिवेशनमा करिब ७ करोड खर्च हुन्छ । एक सयको क्याम्पेनबाट साँढे ८ करोड उठाउँछौं । कसैलाई दबाब दिएका छैनौं ।’ उनले एमालेमा सबै युवाहरु नै रहेको सुनाए ।

देशको आम निर्वाचन प्रणाली नै महँगो भयो भन्ने विषयप्रति पार्टीको गम्भीर ध्यान गएको भन्दै यस विषयमा पनि महाधिवेशनमा बृहत्त छलफल गरिने र यसको विकल्प खोज्ने विश्वास उनले दिलाए ।

५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने उनले जनाए ।

त्यसको लागि देशव्यापी रुपमा तयारी भैसकेको छ । यो महाधिवेशनबाट आगामी पाँच वर्षको निम्ति एमालेको नेतृत्व चयन गर्दैछौं ।उनले भने,‘

आज विभिन्न सञ्चारमाध्यममा एमालेको नेतृत्व कस्तो हुन्छ ? कसले नेतृत्व गर्छ भनेर बहस भैरहेको छ । एमाले एमालेलाई हाँक्ने दलमात्रै होईन, आफ्नो सदस्यको मात्रै दल होईन, यो राष्ट्रिय दल हो ।

मुलुक हाँक्नसक्ने नेताहरु भएको दल हो । पार्टीमा एकपछि अर्को योग्य नेता हुनुहुन्छ। लामो अनुभवप्राप्त गरेका नेताहरु छन् ।

जनपरिचालन गर्नसक्ने, संगठन बनाउनसक्ने अनि कार्यकर्तालाई शिक्षित बनाउनसक्ने, अन्तर्राष्ट्रिय समूदायसँग कुटनीतिक सम्बन्ध राख्न सक्ने, भीजन भएका नेताहरुको दर्जनौं पँक्ति एमालेसँग छ ।’

एमालेमा एक सय एक नेता छन्

उनले एमालेमा नेताको खाँचा र खडेरी छैन भनी टिप्पणी गरे । उनले भने,‘एमालेमा एक सय एक नेता छन् । एमालेमा नेताको खाँचो र खडेरी छैन:नेता भट्टराई

नेपाली समाजलाई नेतृत्व गर्नसक्ने एमाले नै हो । सबै दललाई समेत अगुवाई गर्नसक्ने नेतृत्वदायी पार्टी भनेको नै एमाले हो । यसको नेतृत्व हो ।

एमालेको अगुवाईमा यो देशमा माओवादी केन्द्रको १० वर्षे सशस्त्र द्धन्द्ध व्यवस्थापन भयो । एमालेले नै संविधान निर्माणको अगुवाई गर्यो ।

यो देशको ऐतिहासिक जंक्चरमा एमालेले देशलाई अगुवाई गदै आएको छ ।

आज देशमा विद्यमान दललाई बाटो देखाउनसकने, सँगै लिएर जानसक्ने विशाल पार्टी एमाले बनेको छ ।’

उनले एमालेले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो छबि बनाएको दाबी गरे ।

उनले भने,‘हामीले हाम्रो सरकार भएको बेलामा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्यौं ।

भारतसँग पनि हामीले सुमधुर सम्बन्ध राख्यौं, विदेश नीतिको सवालमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको छ ।

एमालेको आउने महाधिवेशनले पार्टीले हिजो बनाएको इतिहास र विरासत थाम्नसक्ने, सबै दल र आम जनसमूदायलाई अगुवाई गर्नसक्ने, विश्व समूदायसँग नेपालको सम्बन्ध सन्तुलित राख्ने, र समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई नेतृत्व गर्नसक्ने, त्यस्तो नेतृत्व यो महाधिवेशनबाट हामी अगाडि ल्याउनेछौं ।’

उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चूनौतिको रुपमा दर्ज गरे ।

उनले भने–‘थोरै सानो संख्यामा भएपनि साथीहरुले अलग समूह बनाउनुभयो । हामी सरकारबाट प्रतिपक्षमा छौं ।

विभाजन गरेर गएका साथीहरुलाई पूनः पार्टीमा फर्काउनु आगामी चूनौति हो

फेरि पनि एमालेलाई विशाल पार्टीमा रुपान्तरण गर्नु, पार्टी विभाजन गरेर गएका साथीहरुलाई पूनः पार्टीमा फर्काउनु, देशभरिका कम्युनिष्टहरुलाई एमालेमा गोलबन्द गर्नु, स्थानीय र संसदीय निर्वाचनमा बहुमतप्राप्त गर्नु आगामी चूनौति हो ।

यी चूनौति बोक्नसक्ने नेतृत्व हामीले यो महाधिवेशनबाट पाउनेर्छौं । आज एमालेमाथि चौतर्फी हमला भएका छन्, आक्रामण भैरहेका छन् ।

हाम्रो पार्टीको विरुद्धमा तथाकथित गठबन्धन बनाईएको छ ।

त्यसैले यो महाधिवेशनमार्फत हामी एमालेको वर्चश्व कायम गर्न, शक्ति र सत्तामा फर्काउनको लागि सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्छौं ।’

भट्टराईले अहिले ९० प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनितधिहरु सर्वसम्मतीबाट चयन भएको पनि सुनाए ।

उनले अध्यक्षलगायत पदाधिकारी, केन्द्रीय कमिटी सबै सहमतिका साथ निर्माण गर्नसकिने विश्वास दिलाए ।

उनले भने,‘यो हाम्रो आत्मविश्वास हो । अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा हामी त्यो दिशामा अघि बढिरहेका छौं ।

अहिले अध्यक्षज्यूसँग आवश्यक छलफल र परामर्शमा छौं । प्रतिनिधिसँग पनि छलफल गर्छौं । एमालेले एकताबद्ध भएर नेतृत्व चयन गर्छ ।’

अहिलेसम्म ९५ प्रतिशतभन्दा बढि प्रतिनिधिको छनौट भैसकेको र आज- भोलिभित्रै सबै प्रतिनिधिहरुको छनौट हुने उनले जानकारी दिए ।

अहिले केन्द्रीय कार्यालयमार्फत आवश्यक रुजु गरिरहेका छौं । अन्तिम स्विकृति भएपछि प्रतिनिधिहरुको परिचयपत्र बन्छ ।’ उनले भने,‘

महाधिवेशनस्थल चितवन भएको सुनाउँदै महाधिवेशनको उदघा्टनस्थल नारायणीनदीको फाँट रहेको उनले सुनाए ।

नेपालमा कसैले नबनाएको भव्य र आकर्षक मञ्च हाम्रो महाधिवेशनमा

उनले भने,‘आजसम्म नेपालमा कसैले नबनाएको भव्य र आकर्षक मञ्च हाम्रो महाधिवेशनमा हुनेछ ।

जहाँ हाम्रा विदेशी पाहुनाहरु, केन्द्रीय कमिटीलाई राख्नेगरि मञ्च बनाउँछौं ।

नेपालको राष्ट्रिय गानको धुनलाई ७२ जना कलाकारले एकसाथ गाउन सक्नेगरि बनाएका छौं ।’

उनले नेपालमा यो यति धेरै कलाकारको सामूहिक प्रस्तुतति दिन मिल्नेगरि अहिलेसम्म कुनै स्टेज र कुनै पार्टीले यस्तो कार्यक्रम नगरेको बताए ।

उनले भने,‘उद्घाटन शत्रमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ । बन्दसत्रको हल पनि भव्य हुनेछ ।

चितवनको सौरहामा ३५ सय बेड बुकिङ गरिएको छ ।

२२ सय प्रतिनिधिलगायत महाधिवेशनमा खटिने सबै स्वयमसेवक राखिनेछ। महाधिवेशनस्थलमा नै सामूहिक खाना खाने व्यवस्था गरिएको छ।’

उनले मंसिर ११ गते विहानै बन्दसत्र सुरु गरिने जनाए ।

उनले भने,‘अध्यक्ष मण्डलको गठन हुनेछ ।

अध्यक्षको सम्बोधन हुनेछ। १२ गते विहान ८ बजेटबाट मतदान हुनेछ ।

बेलुकासम्म मतगणना हुनेछ। १३ गते विहानबाट एकताको सन्देश बोकेर हाम्रा साथीहरु देशभरि फर्किनुहुनेछ ।

अहिले महाधिवेशनको लागि प्रचालाईा तिव्रता बनाईएको छ ।

एमालेले यसपटक पोष्टर टास्दैन । भित्तामा कुनै नारा लेख्दैन् ।

आम हिसाबले सोसल मिडियामार्फत प्रचार अघि बढाउँछौं । डिजिटल माध्यम प्रयोग गर्छौं ।

देशभरिका होर्डिङ बोर्डमा एमालेका सन्देश राख्न थाल्छौं ।

एमालेको आधिकारिक फेशबुक पेज, वेबसाईट, आधिकारिक सोसल मिडिया, नेताहरुको सोसल मिडियापनि महाधिवेशनाका प्रचार सामाग्रीले भरिभराउ छन् ।

सौरहाका पर्यटन व्यवसायीहरुमा अहिले रक्तसंचार भएको छ। होटेल व्यवसायीहरु उत्साही हुनुहुन्छ ।

यो एमालेको महाधिवेशन देशलाई नै दिशादिर्नेशन गर्ने महाधिवेशन हो ।

आम जनताको सकारात्मक चासो पाएका छौं । शुभेच्छा पाएका छौं ।’

एमालेमा नेताको खाँचो र खडेरी छैन:नेता भट्टराई

प्रकाशित मिति:November 19, 2021