नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै

  Sampatti News

November 20, 2021

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै

काठमाडौँ-नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर जाने भएका छन् ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर जान लागेका हुन् ।

नेकपा एस प्रदेश २ कमिटीका अनुसार मंसिर ७ गते अध्यक्ष नेपाल जनकपुर आउने कार्यक्रम तय भएको छ ।

अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिएका छन् ।

८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहले बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै

प्रकाशित मिति:November 20, 2021