एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

  Sampatti News

November 21, 2021

एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ-एमाले पार्टीको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले बताएका छन् ।

केपी आली बिरुद्ध नेता भिम रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको स्रोतले बताएको छ ।

वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।

महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्न एमाले संस्थापनले दौडधुप गरिरहेको छ ।

ओलीको क्रियाकलापप्रति बिगतदेखीनै असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन् ।

रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।

एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

प्रकाशित मिति:November 21, 2021