पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

  Sampatti News

November 22, 2021

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

काठमाडौं-नेपाल बार एसोसिएसनले दलका नेताहरुलाई ध्यानाकर्षण-पत्र बुझाउने भएको छ।

प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेको बारले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण-पत्र बुझाउने भएका हुन्।

नेपाल बारले राजनीतिक दलहरुलाई सोमबार दिउँसो २ बजे ध्यानाकर्षण-पत्र बुझाउने कार्यक्रम तय गरेको बताईएको छ ।

शुक्रबार प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

जस अन्तर्गत आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ।

बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गरेको थियो।

त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।

तर, नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गर्दै उनको पत्र खारेज गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो।

नेपाल बार एशोसियसनका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर राणाबाट न्यायालय नचल्ने दाबी गरेका छन् ।

अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरेका छन् ।

राणाले न्यायिक नेतृत्वमा बसेर अकूत सम्पत्ति कमाएको उल्लेख गर्दै छानबिनको दायरामा ल्याउनुपर्ने श्रेष्ठको जिकिर थियो ।

सरकारमा भागबण्डा मागेको, विचौलियालाई प्रश्रय दिएको, सहमति कार्यान्वयन गरेको लगायतका आरोप लगाउँदै नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएको छ।

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

प्रकाशित मिति:November 22, 2021