जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

  Sampatti News

November 22, 2021

जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

चितवन–एमाले प्रतिक्रान्तिकारी पार्टी रहको टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले गरेका छन्।

प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताएका हुन् ।

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरे ।

प्रचण्डले भने ‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेका छन्’, ।

उनले थपे , ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ।’

सुस्ताएको माओवादी फेरि जागेको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको दाबी गरे ।

माओवादी संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको प्रचण्डको भनाइ छ।

जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

प्रकाशित मिति:November 22, 2021