सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो
काठमाडौँ-सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न नियमावली राजपत्रमा प्रकाशित भएको छ ।
गोलाप्रथाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएसँगै अदालतले अब गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको छ ।
हालसम्म पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशको अधिकारको रुपमा रहँदै आएको थियो।
सोमबार प्रकाशित नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो ।
यसलाई औपचारिकता प्रदान गर्न भने सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।
सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेशी तोकिने भएपछि प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती भएको छ।
न्यायलयमा हुने अनियमितता तथा प्रभाब रोक्न सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।
न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।
न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।
नियमावली संशोधन सम्बन्धी राजपत्रको सूचनामा उल्लेख गरिएको छ, ‘अदालतको साप्ताहिक पेशी सूची तयार गरी प्रकाशन गर्ने र दैनिक पेशी सूची तयार गरी गोला प्रक्रियाको प्रयोजनको लागि पूर्ण बैठक कक्षमा पेश गर्ने।’
प्रधानन्यायाधीशको अध्यक्षमा बसेको फुलकोर्टको बैठकले नियमावली संशोधन गर्नुपर्ने भए पनि राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुले उनीसँग फुलकोर्ट बैठकमा बस्न अस्वीकार गर्दै सामूहिक निर्णय गरेर पठाएका थिए।
त्यसलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फूलकोर्ट बैठकको मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित भएको हो।
पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो ।
फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।
हेर्नुहोस राजपत्रमा प्रकाशित पेसी गोलाप्रथाबाट तोक्न नियमावलीको पुर्णपाठ
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो