कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

  Sampatti News

November 23, 2021

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाडौं-शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि फाराम खुला गराएको हो ।

आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने समयमा फाराम बुझाउन नसक्नेका लागी दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने जनाएको छ ।

यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।

रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

प्रकाशित मिति:November 23, 2021