भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

  Sampatti News

November 23, 2021

भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

काठमाडौँ-नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेसँगै केपी ओली झस्किएका छन् ।

रावलको घोषणाले झस्किएका ओलीले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईलाई उम्मेदवारी फिर्ता गराउन परिचालन गरेको स्रोतले बताएको छ ।

ओलीद्वारा परिचालित भट्टराईले उपाध्यक्ष भीम रावललाई भेटेर एमाले अध्यक्षका लागि गरेको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा मंगलवार भएको भेटमा भट्टराईले कम्तीमा पदाधिकारीमा सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

‘आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको सर्वसम्मतिको निम्ति भूमिका खेल्न कमरेड भीम रावललाई अनुरोध गरियो ।

घोषित आफ्नो उम्मेदवारी फिर्ता लिएर कमरेड केपी ओलीलाई समर्थन गर्दै अन्य पदाधिकारीमा आफूलाई अगाडि सारेर सहमतिको भूमिका खेल्न आग्रह गरियो,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

त्यसक्रममा रावलले सहमतिको बाधक आफू नहुने बताएको भट्टराईले लेखेका छन् । रावलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मंगलवार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलको उम्मेदवारीलाई सकारात्मक रुपमा लिएको बताएका थिए ।

भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

प्रकाशित मिति:November 23, 2021