ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

  Sampatti News

November 24, 2021

ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

जनकपुरधाम-नेकपा(एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

बुधबार जनकपुरधामस्थित एकीकृत समाजवादीको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

“सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको उनको टिप्पणी थियो ।

नेकपा(एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ ।

“नेकपा (एस)मा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ,”

उनले भने, “आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ ।”

ओली दक्षिणको इसारामा चलिरहेको उनको आरोप छ ।

ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

प्रकाशित मिति:November 24, 2021