कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

  Sampatti News

November 24, 2021

कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

काठमाडौँ-कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ठग्ने होटलमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीले छापा मारेको छ ।

कोरिया उड्न लागेका ८३ जना नेपालीलाई बाल्टिक होटलले ‘होटल प्याकेज’को नाममा बढी रकम असुलेको सूचनाका आधारमा छापा मारिएको बताईएको छ ।

‘बुधवार बिहान होटलमा छापा मार्न पुगेका मन्त्री श्रेष्ठले त्यहाँ ५ दिनदेखि बसेको ८३ जनासँग सात दिनको पैसा मागेको पाइएको बताएका छन् ।

होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असुलेको पाइएको छ ।

करीब १२ हजार मात्रै तिर्न पर्नेमा ३० हजार रूपैयाँभन्दा बढी असुलेको पाइएको हो ।

कोरिया जान लागेका नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भन्दै ‘दलाल’ अजय सोडारीले बढी पैसा तिराउन लगाएको पाईएको छ ।

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न निर्देशन दिएका छन् ।

सोडारीलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

प्रकाशित मिति:November 24, 2021