१.८९ अंकले बढ्यो सेयर बजार

Nepal Cover
८ मंसिर २०७८, बुधबार
image

१.८९ अंकले बढ्यो सेयर बजार

काठमाडौं-आज बुधबार सेयर बजार १.८९ अंकले बढेर बन्द भएको छ ।

आज सेयर बजार मापक परिसूचक‘नेप्से’ १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिनभन्दा आज ठुला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ।

सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा रोकिएको छ।

सेयर कारोबार आज चार अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेञ्‍जले जानकारी दिएको छ।

कारोबारमा आएका कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ५४ हजार ७०३ पटक किनबेच भएका थिए।

मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्।

उक्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.४७ प्रतिशतका दरले कमाएका छन् ।

गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.५५ प्रतिशतका दरले गुमाएका छन्।

आज १३ मध्ये १० उपसमूहको सूचकमा हरियाली देखिएको छ ।

फाइनान्स उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ।

नेपाल दूरसञ्चार कम्पनी २६ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित खरिद-बिक्री रकममा अग्रस्थानमा रहेको छ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईसीएफसी फाइनान्स र अपी पावर कम्पनी परेका छन्।

बुधबारको बजारमा बिक्रीकर्ता सस्तो मूल्यमा शेयर बेच्न चाहिरहेका थिएनन् भने खरिदकर्ता पनि महंगो मूल्य हाल्न तयार थिएनन्।

यसैकारण बजार पटकपटक नकारात्मक हुँदै पुनः सकारात्मक भएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा यसै साता गर्ने तयारी गरेको छ।

यसै कारण पनि कतिपय लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्।

उनीहरु केन्द्रीय बैंकको नीति हेरेर मात्रै बजार प्रवेश गर्ने तयारीमा छन्।

१.८९ अंकले बढ्यो सेयर बजार