गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि

Nepal Cover
८ मंसिर २०७८, बुधबार
image

गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि

गुन्डा नाईके गणेश लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन्।

उनले आफू महाधिवेशन प्रतिनिधि जितेको फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।

उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन्।

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन्।

गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए ।

गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।

लामा पहिले ‘काभ्रेली समूह’ बाट गुन्डागर्दीमा सक्रिय थिए।

उनलाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएको थियो।

गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि