वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

  Sampatti News

November 26, 2021

वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नभएपछि उपचारकालागी बैंककबाट चीनको सेन्जेन लगिएको छ।

उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचारका लागी लगिएको स्रोतले बताएको छ ।

वर्षमान पुनले डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचार गराइरहदा समेत स्वास्थयमा सुधार नभएपछी उनलाई अस्पतालले यहाँभन्दा थप उपचार गर्न नसक्ने भन्दै सेन्जेन लैजान सुझाव दिएको थियो ।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले नेता पुनलाई सताएको छ ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन्।

आजै मध्यान्ह सेन्जेन अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ।

काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८ पुगेको थियो ।

थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुननिकट स्रोतले बताएको छ ।

यसरी बिलरुविन धेरै तलमाथि हुदा शरिरका अन्य अंगहरूमा पनि त्यसको असर पर्न सक्ने भएको र समितिभेज अस्पतालकै सुझावमा उनलाई चीन लगिएको बताईएको छ ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका हुन्।

नेपालमा हुँदा पुनले ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका थिए ।

वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

प्रकाशित मिति:November 26, 2021