बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट

Nepal Cover
१० मंसिर २०७८, शुक्रबार
image

बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट

काठमाडौं-भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले आज बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् ।

भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागीता रहेको थियो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।

बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट