एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै

Nepal Cover
१२ मंसिर २०७८, आईतवार
image

एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै

चितवन-नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसेका छन्।

एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन ।

मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको तर्क स्वयंसेवकहरुले गरेका छन् ।

​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।

बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।

भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसिँनुले एमालेको महाधिवेशनमा भएको ओलीको दमन प्रस्ट देखिएको छ ।

एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै