नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना

Nepal Cover
१२ मंसिर २०७८, आईतवार
image

नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना

जोमसोम-नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मुस्ताङस्थित पार्टी कार्यालय स्थापना सम्पन्न भएको छ ।

शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

मुस्ताङमा पार्टी कार्यालय स्थापनासँगै मनाङबाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन विस्तार भएको छ ।

नेकपा एकीकृत समाजवादी मुस्ताङको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला मुस्ताङको जोमसोममा संम्पन्न भएको छ।

सो अगुवा कार्यकर्ता भेलाले कमरेड भीमबहादुर रसाईलीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।

मुस्ताङमा संगठन विस्तारका लागि पुगेका नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले २००६ सालमा समतामूलक समाज निर्माण तथा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने उद्देश्यले कमरेड पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी निर्माण गरेको बताए ।

तर ,नेकपा एमालेका अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनको मर्म र भावनाविपरित एकलौटी पार्टी गतिविधि सञ्चालन गरेको र कम्युनिस्ट विरासत जोगाउन आफूहरुले एमालेमा विद्रोह गरी नयाँ पार्टी गठन भएको उनले उल्लेख गरे ।

एकीकृत सामजवादी कास्कीका नेता आचार्यले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले राज्यका सबै निकाय ध्वस्त पारेको आरोप लगाए ।

मुस्ताङमा नेकपा एस कार्यालय स्थापनाका क्रममा नेकपा ९एसका ० जिल्ला अध्यक्ष भीमबहादुर रसाईलीले मुस्ताङका उत्पीडित समुदाय, आदीबासी जनजाती समुदायको हकहितका लागि नेकपा एकीकृत समाजवादी पार्टीको ढोका सधैं खुल्ला रहने बताए ।

नेकपा एसको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादीका जिल्ला नेता सत्यनारायण शेरचन र पेशागत महासंघ गण्डकी प्रदेश सदस्य भेषराज बास्तोलालगायतले शुभकामना दिएका थिए ।

नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना