कोरोनाको कारण देखाएर उपत्यकामा पेट्रोल तथा ग्यासको अभाव भएपछि प्रहरीद्वारा अप्रेसन सुरु

Nepal Cover
४ चैत्र २०७६, मंगलवार
image

कोरोना भाइरसको महामारीलाई कारण देखाएर उपत्यकामा पेट्रोल तथा ग्यासको अभाव भएपछि प्रहरीले अप्रेसन सुरु गरेको छ।

मातहतका सबै युनिटलाई आफ्नो क्षेत्रमा पर्ने पेट्रोलपम्प र ग्यास डिलरको अनुगमन गर्न महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेलले बजारमा अभाव देखाएर लुकाएको पाइए जफत गर्न निर्देशन दिएको बताएका छन्। उपत्यकाका प्रहरीले ग्यास डिलर र पेट्रोल पम्पको सूची बनाएरै अनुगमन थालेका छन्।

मंगलबार ग्यास डिलर र पेट्रोलपम्पमा अनुगमन गर्दै वितरण भए नभएको, नभए किन नल्याएकोरु कहिले आउँछ भन्दै प्रहरीले व्यापारीलाई सोधखोज गरेको छ।

व्यापारीको जवाफ लेखेर प्रहरीले त्यही अनुसार भए नभएको पनि अनुगमन गरिरहेको छ। कसैले सामान लुकाएको पाइए खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ। यसअघि डल्लु, कपन र सतुङ्गलबाट १० लाख बढी मास्क बरामद भएको थियो।