मन्त्रिपरिषद्ले गर्‍यो १० सचिवको सरुवा

  Sampatti News

December 1, 2021

मन्त्रिपरिषद्ले गर्‍यो १० सचिवको सरुवा

काठमाडौँ-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

सामान्य प्रशासनमा अर्यालको ठाउमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याईएको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटनमा पठाइएका छन् ।

सहरी मन्त्रालयका विवादित सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा)मा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ ।

प्राविधिक क्षेत्रको राम्रो अनुभव सम्हालेका सचिव गेलाल पनि काम गर्ने सचिवका रुपमा चिनिन्छन् ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि (शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ ।

मन्त्रिपरिषद्ले गर्‍यो १० सचिवको सरुवा

प्रकाशित मिति:December 1, 2021