अफ्रिकाबाट सहसचिव रेग्मी क्वारेन्टाइन नबसी सिधै घरमा: छिमेकीहरु तनाबमा

Nepal Cover
१५ मंसिर २०७८, बुधबार
image

अफ्रिकाबाट सहसचिव रेग्मी क्वारेन्टाइन नबसी सिधै घरमा: छिमेकीहरु तनाबमा

काठमाडौं-अफ्रिकाको तान्जानियाबाट नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना क्वारेन्टाइनमा नबस्ने सिधै घरमा(एनआईआरटिटिपी) को कार्यक्रम सकेर स्वदेश फर्केका ५ सरकारी अधिकारी विमानस्थलबाट क्वारेन्टाइन नबसी घर गएका छन् ।

ओमिक्रोन भाईरस ब्यापक रुपमा फैलन सक्ने भन्दै सरकारले अफ्रिकी मुलुकबाट आएकालाई अनिर्वाय आईसोलेसनको प्राबधान राखेको छ ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको कार्यक्रममा भाग लिन तान्जानिया पुगेका सहसचिवसहितका ५ सरकारी अधिकारीहरू विमानस्थलबाट सोझै घर गएका हुन्।

‘ओमिक्रोन नामक बी १.१.५२९ नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेकाले उनीहरु संक्रमित भएको खण्डमा नयाँ भेरियन्ट नेपालमा पनि फैलने त्रास बढेको छ ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा प्रतिबन्ध नै लगाएका छन् ।

यद्यपी नेपालमा भने जिम्मेवार सरकारी अधिकारीले विश्व स्वास्थ्य संगठनको पछिल्लो निर्देशनलाई ठाडो उलंघन गरेका छन् ।

होटल क्वारेन्टाइन बस्न नमानेर शक्तिको आडमा भाग्नेहरुमा टोलीको नेतृत्व गरेर गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीको नेतृत्वमा उपसचिव श्रीधर गौतम, लेखा शाखाका अधिकृत नवराज पराजुली रहेको बताइएको छ ।

झट्ट हेर्दा भद्र अनि असाध्यै गफालु सहसचिव रेग्मीको पहिलो पटक गफ सुन्नेहरुलाई लाग्न सक्छ नेपालमा दुई चार जना यस्ता प्रशासक भए कायापलट नै हुन्छ तर दोश्रो तेस्रो पटक भेटेपछि उहाँको वास्तविकता गफ नै हो भन्ने बुझ्न गाह्रो पर्दैन उनै सहसचिवले अरुलाई आदर्शका गफ दिन्थे बिदेशी सयर पछि मापदण्ड पूरा नगरी सिधै घरमा पुगेको खबर सगै छिमेकीहरु समेत छ्क्क परेका छ्न।

टोलीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत उपसचिव यम तिवारीको प्रभाबमा बिमानस्थल प्रशासनले उनीहरुलाई रोक्न नसकेको बताईएको छ ।

सम्पती न्युजका हाम्रा सहकर्मी सुसन भट्टराईले सहसचिव रेग्मी सँग यस बारे फोनमा जानकारी लिदा उहाले हामी स्वास्थ्य मन्त्रालयको सल्लाहमै होम आईसोलेसनमा गएको बताउनुभएको छ । उहाले कोरोना टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर आएको दाबी गर्नुभएको छ ।

विमानस्थल प्रशासनले होम क्वारेन्टाइनमा बस्ने सर्तमा हामिलाई घरजान दिएको उहाँको दाबी रहेको छ ।

यसै बिषयमा स्वास्थ्य मन्त्रालयलेभने अटेरी गरेर उहाहरु हिड्नु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा उच्च सतर्कता अपनाएको थियो

दक्षिण अफ्रिकाबाट सरकारी अधिकारीको टोली बिहान ८ बजे नेपाल झरेको विमानस्थल स्रोतले बताएको छ ।

अफ्रिकाबाट सरकारी अधिकारीको टोली नेपाल झरेसँगै स्वास्थ्य मन्त्रालयले विमानस्थलमा उच्च सतर्कता अपनाएको थियो ।

उनीहरु नेपाल झरेको सूचना पाएसँगै कर्मचारीलाई होटल क्वारेन्टाइनमा पठाउने तयारी चलिरहेको थियो ।

होटल क्वारेन्टाइनमा बस्नु पर्ने भएपछि उनीहरु घरमै क्वारेन्टाइनमा बस्ने भन्दै घर गएका हुन् ।

यस विषयमा विमानस्थल हेल्थ डेक्सले जवाफ दिन सकेको छैन ।

मुख्य सचिवले उनीहरुलाई होटल क्वारेन्टाइन नराख्न दबाब दिएको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीकाअनुसार पावर हुनेहरुले नै देशमा महामारी भित्राईरहेका छन् ।

उनीहरु बसेको एरियामा सचेत हुन अन्य नागरिकलाई स्वास्थ्यले अनुरोध गरिएको छ ।

पछिल्लोपटक छिमेकीलाई यो खबरले त्रास बढाएको बताइएको छ ।