पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँ घट्यो: बुधवार राति नै लागू हुने

  Sampatti News

December 1, 2021

पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँ घट्यो: बुधवार राति नै लागू हुने

काठमाडौँ-बिगत केही समयदेखी ब्यापक रुपमा पेट्रोलियम पदार्थको मुल्य बढ्दै गईरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर जोडिदै जोडिदै सामान्य पेट्रोलियम पदार्थको उपभोगनै नगर्ने मानिसको दैनिकीमा समेत पर्दै आएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी लगायतका कुराले सम्पुर्ण बस्तु तथा सेवाको मुल्यबृद्धी हुने गरेको छ ।

यसैबिच भारतको नयाँदिल्ली प्रदेश सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाई जनतालाई राहत दिन पेट्रोलियममा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।

सरकारले लिने भ्याट ९कर० घटाउँदा यसको प्रत्यक्ष सुविधा जनताले पाउने भएका छन् ।

भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो ।

बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ ।

दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँ घट्यो: बुधवार राति नै लागू हुने

प्रकाशित मिति:December 1, 2021