चन्द्रागिरीमा ट्रकभित्रै सामूहिक बलात्कार

  Sampatti News

March 18, 2020

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका – १५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै किशोरीमाथि समूहिक बलत्कार भएको छ ।


महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।


मंगलबार बिहान २ बजे किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत थानकोटको हिरासतमा राखेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षिय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका –९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीय कपिल खड्का रहेका छन् ।


बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:March 18, 2020