नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्यो

Nepal Cover
१६ मंसिर २०७८, बिहीबार
image

नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्यो

काठमाडौँ-साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ ।

नेप्से परिसूचक २ हजार ५ सय ८४ दशमलव ६१ अंकमा झरेको छ भने कारोबार रकम भने सामान्य बढेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ९.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९८ अंक घटेको छ।

अघिल्लो कारोबार दिन २ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २३१ कम्पनीको ४७ हजार ८६४ पटकको कारोबारमा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ७० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा खरिदबिक्री भएको छ ।

यस दिन सामलिङ्ग पावर कम्पनी र न्यादी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ ।

त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.७६ प्रतिशत र अन्यको ३.६४ प्रतिशत घटेको छ ।

कारोबारमा आएको जलविद्युत, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्यो