१२ को परिक्षाफल प्रकाशित: पुरक परिक्षा माघ २ देखी

  Sampatti News

December 3, 2021

१२ को परिक्षाफल प्रकाशित: पुरक परिक्षा माघ २ देखी

काठमाडौँ-कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बिहानको बैठकले परिक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो।

परीक्षामा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् ।

बोर्डका अनुसार ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ छ ।

‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको संख्या २४ हजार ५१५ जना रहेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ ३० गते देखी असोज ८ गते सम्म कक्षा १२ को परिक्षा सञ्चालन गरेको थियो ।

बोर्डले १२ को पुरक परिक्षाको रुपमा माघ २ गते देखी ग्रेड बृद्धि परिक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

२ वटा बिषय सम्म कम ग्रेडल्याएकाले ग्रेड बृद्धि परिक्षामा सामेल हुन पाउने छन् ।

१२ को परिक्षाफल प्रकाशित: पुरक परिक्षा माघ २ देखी

प्रकाशित मिति:December 3, 2021