उद्योग विभागको महानिर्देशकमा तिवारी

Nepal Cover
१७ मंसिर २०७८, शुक्रबार
image

उद्योग विभागको महानिर्देशकमा तिवारी

काठमाडौँ-उद्योग मन्त्रालयले विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव तिवारीलाई मन्त्रालयले विभागको जिम्मेवारी दिएको हो ।

खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका तिवारीले सह-सचिव को भुमिका रहेको बिभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन।

प्रशासन वृतमा युवा नेतृत्व तथा छिटो र प्रभावकारी निर्णय र योजना ल्याउन सक्ने तिवारीमा क्षमता रहेको छ । जहाँ जहाँ बसे सेवाग्राही को मन जित्न र काममा तत्काल परिणाम दिन सक्ने क्षमता राख्ने तिवारीको नियुक्तिले उद्योग बिभागले गति लिने जानकारहरु बताउछन् ।

तिवारीले बिहीबारबाटै उद्योग विभागमा हाजिरभई काम सुरु गरिसकेका छन् ।

विभागका तत्कालीन महानिर्देशक जीवलाल भुसाललाई मन्त्रालयमा सरुवा गरिएको छ।

भोलीको नेपालको प्रशासनको नेतृत्व गर्न सक्ने क्षमता राख्ने प्रशासकका रुपमा परिचीत तिवारीले नेपालको उद्योग क्षेत्रको मुख्य निकायमा आएसँगै उद्योग क्षेत्रमा आशाको सञ्चार भएको बताइएको छ ।

उद्योग विभागको नेतृत्वमा आएका तिवारी प्रशासन क्षेत्र कै ओजस्वी युवा प्रशासक हुन् ।

उद्योग विभागको महानिर्देशकमा तिवारी