निरिह प्रतिपक्ष बन्दा समेत सुध्रिएनन् ओली भन्छन् संसद् चल्न दिदैनौ

  Sampatti News

December 3, 2021

निरिह प्रतिपक्ष बन्दा समेत सुध्रिएनन् ओली भन्छन् संसद् चल्न दिदैनौ

काठमाडौं-संसद्माथी खेदो खनेर दुई दुई पटक संसद बिघटन गरेको परिणाम स्वरुप ओली बालुवाटारबाट बालकोटमा पछारिए ।

दुईतिहाईको सरकारको नेतृत्व गरेको एमालेको ओली नेतृत्व पलभरमै निरिह प्रतिपक्ष बन्यो ।

प्रदेश सरकारमा समेत क्लिनस्विप भएर अहिले एमाले सडकमा आईपुगेको छ ।

संसदलाई अनाबश्यक हस्तक्षेप गरेर निरिह बनाउदाका परिणाम एमालले भोगिसक्दा समेत अध्यक्ष ओलीको भने अझै चेत खुलेको छैन ।

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका केपी शर्मा ओलीले फेरि पनि संसद् चल्‍न नदिने संकेत गरेका छन्।

शुक्रबार पार्टी कार्यालयमा दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद् चल्न नदिने बताएका हुन् ।

एमालेले निष्कासन गरेका व्‍यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि उनले बताएका हुन्।

उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद् चल्न सक्छ ?,’ एमालेले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं।’

माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई संसदमा दर्ता भइसकेको अबस्थामा पनि ओलीले संसदलाई ट्रागेट गर्न भने छाडेका छैनन्।

असअघि पनि एमालेले एकीकृत समाजवादीका सांसदहरुलाई अवैध मान्दै निरन्तर रूपमा संसद् चल्‍न दिएको थिएन।

सरकारले २८ मंसिरका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेको छ।

ओलीले अझैपनि अहिलेको गठबन्धनबाट देश र सरकार दुवै चल्न नसक्नेसमेत आरोप लगाउदै आएका छन्।

निरिह प्रतिपक्ष बन्दा समेत सुध्रिएनन् ओली भन्छन् संसद् चल्न दिदैनौ

प्रकाशित मिति:December 3, 2021