भारतीय सेनाले चलाए अन्धाधुन्ध गोली: कम्तीमा ११ जनाको मृत्यु

  Sampatti News

December 5, 2021

भारतीय सेनाले चलाए अन्धाधुन्ध गोली: कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी-भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिकको मृत्यु भएको छ ।

भारतको नागाल्याण्ड राज्यको सीमा नजिकै उक्त घटना घटेको हो ।

नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँका ११ नागरिकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो ।

भारतीय सेनाले उक्त घटनामा एकजना सिपाहीको समेत मृत्यु भएको जनाएको छ ।

आफ्नो सिपाहीको समेत मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ ।

घटनालगत्तै अनुसन्धानका लागि नागाल्याण्डको राज्य सरकारले उच्चस्तरीय टोलि बनाएर घटनास्थलमा पठाइसकेको छ।

शनिबार साँझ म्यानमार सीमा नजिकै उक्त घटना भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

सुरक्षाकर्मीको गोली लागेर दुई नागरिक घाइते भएको बताइएको छ।

नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

रिपोर्टकाअनुसार आतंकवादी अपरेसन अन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए ।

सोहि क्रममा अन्धाधुन्ध गोली चल्दा दुर्गाग्यवश ११ नागरिकको मृत्यु भएको बताइएको छ ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन् ।

भारतीय सेनाले चलाए अन्धाधुन्ध गोली: कम्तीमा ११ जनाको मृत्यु

प्रकाशित मिति:December 5, 2021