भारतमा भेटियो ओमिक्रोन भेरियन्ट: नेपाल थप जोखिममा

  Sampatti News

December 5, 2021

भारतमा भेटियो ओमिक्रोन भेरियन्ट: नेपाल थप जोखिममा

नयाँदिल्ली-कोरोना भाइरसको नयाँ तथा सङक्रामक भेरियन्ट ओमिक्रोन भारतको राजधानी नयाँ दिल्लीमा भेटिएको छ ।

आइतबार दिल्लीमा एकजनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका छन् ।

अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो ।

स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो।

जसमध्ये एकजनामा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो ।

भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएसँगै नेपालमा सङ्क्रमणको जोखिम थप बढेको छ ।

भारत नेपालबिचको खुल्ला सिमानाकाका कारण नेपालमा ओमिक्रोन भेरियन्टको भाइरस प्रबेशको जोखिम थप बढेको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने कार्य नेपालमा प्रभावकारी रुपमा लागु हुने नसकिरहेको अबस्थामा नेपालमा ओमिक्रोन भेरियन्ट थप चुनौतीपुर्ण हुने छ ।

नयाँ भेरियन्टबारे विज्ञहरुले अध्ययन जारी राखेका छन् ।

विश्वका वैज्ञानिकहरु ओमिक्रोन भाइरसको प्रकृति, संक्रमण फैलने खतरा, खोपको प्रभावकारिताबारे अध्ययन गरिरहेका डब्लूएचओली भनेको छ ।

भाइरसको फैलने क्षमतामा वृद्धि, घातकता, लक्षणमा फरकता, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु र त्यस्तै परीक्षण, उपचार र खोपको प्रभावकारितामा चुनौती जस्ता कुनै एक वा एकभन्दा बढी समस्याहरू देखिएपछि ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिन्छ।

त्यस्तै, ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको र पीसीआर परीक्षणमा एसजीन देखाउन नसक्नाले यसलाई भेरियन्ट अफ कन्सर्नअन्तर्गत राखिएको छ ।

भारतमा भेटियो ओमिक्रोन भेरियन्ट: नेपाल थप जोखिममा

प्रकाशित मिति:December 5, 2021