छ महिनामा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने लिङ्देनको घोषणा

  Sampatti News

December 5, 2021

छ महिनामा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने लिङ्देनको घोषणा

काठमाडौं-राजेन्द्र लिङ्देनले छ महिनाभित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने घोषणा गरेका छन्।

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाभित्रमा नेपालमा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने घोषणा गरेका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लिङ्देनले राप्रपा बाहिर भएका राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन्।

‘राप्रपा बाहिर भएका राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ । जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने।

उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए ।

छ महिनामा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने लिङ्देनको घोषणा

प्रकाशित मिति:December 5, 2021