कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने सरकारको तयारी

Nepal Cover
१९ मंसिर २०७८, आईतवार
image

कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने सरकारको तयारी

काठमाडौं-नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने तयारी तिब्र पारेको छ ।

नयाँ भेरियन्टको ओमिक्रोन भाइरस देखिएपछि विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेका छन् ।

भारतमा पनि ओमिक्रोन भेरियन्टको भाईरस देखिएपछी सरकारले खोप लगाएकालाई बुस्टर डोज दिने तयारी थालेको हो।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुस्टर डोज दिने सम्बन्धमा छलफल भइरहेको बताएका छन् ।

आगामी मन्त्रिपरिषद्बाट निर्णय गराएर अगाडी बढ्ने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताइएको छ ।

मन्त्री खतिवडाले बुस्टर डोज सम्बन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री देउवाले सो सम्बन्धमा प्रक्रिया अघि बढाउन निर्देशन दिएको बुझिएको छ ।

कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने सरकारको तयारी