कमल थापाको मन फाट्यो केले सिउने केले टाल्ने हो ?

Nepal Cover
१९ मंसिर २०७८, आईतवार
image

कमल थापाको मन फाट्यो केले सिउने केले टाल्ने हो ?

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएदेखि कमल थापाले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् ।

पराजित भएसँगै नेता थापा सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

उनले आफ्ना फेसबुक र ट्विटरमा चुनाबको नतिजा लगतै पुर्वराजा ज्ञानेन्द्रको चलखेल भन्दै स्टाटस लेखेका थिए ।

अघिल्लो पोष्टमा पुर्वराजा ज्ञानेन्द्र शाह माथी आक्रोश पोखेका थापाले यस पटक भने सामाजिक सञ्जालमा भावुक पोस्ट गरेका छन् ।

राजेन्द्र लिङ्देनको सपथ ग्रहण बहिष्कार गरेका थापाले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएका बताउदै राजेन्द्र थापाको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ…’ का हरफहरु पोस्ट गरेका छन् ।

लामो समयदेखी राप्रपामा एकछत्र राज गर्दै आएका थापालाई आफुभन्दा कान्छो नेतृत्वले पराजय गर्द निकै ग्लानी बोध भएको बुझन् कठिन छैन ।

कमल थापाको मन फाट्यो केले सिउने केले टाल्ने हो ?