राजदूतको संसदीय सुनुवाइ आज हुँदै

  Sampatti News

December 6, 2021

राजदूतको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौँ-सरकारले सिफारिस गरेको ३ देशका राजदुतको आज संसदिय सुनवाई हुने भएको छ ।

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँन लागेको हो ।

त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।

यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो ।

१५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् ।

पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

समितिको अर्को बैठक १७ मंसिरमा तय भएको थियो ।

तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।

समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै सुनुवाइ नै हुन सकेको छैन ।

संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

राजदूतको संसदीय सुनुवाइ आज हुँदै

प्रकाशित मिति:December 6, 2021