भारतमा ओमिक्रोनका संक्रमित तिब्र रुपमा बढ्दै

Nepal Cover
२० मंसिर २०७८, सोमबार
image

भारतमा ओमिक्रोनका संक्रमित तिब्र रुपमा बढ्दै

काठमाडौँ-नेपालको छिमेकी देश भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्।

भारतिय सञ्चार माध्यमका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

संक्रमितमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएको बताईएको छ।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको थियो ।

योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।

सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिएका थिए अहिले अरू राज्य पनि संक्रमण तिब्र रुपमा बढेको छ

भारतमा ओमिक्रोनका संक्रमित तिब्र रुपमा बढ्दै