नेपालमा पनि भित्रियो ओमिक्रोन भेरियन्टको भाइरस

  Sampatti News

December 6, 2021

नेपालमा पनि भित्रियो ओमिक्रोन भेरियन्टको भाइरस

काठमाडौँ-नेपालमा पनि ओमिक्रोन भेरियन्टको भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भेरियन्टको भाइरस पुष्टि भएको जनाएको छ।

मन्त्रालयले पत्रकार सम्मेलनमा दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए उनको पीसीआर नेगेटिभ रिपोर्ट थियो भने खोपको दुबै मात्र पूरा गरेका थिए ।

तर उनी र उनको सम्पर्कमा आएका एक व्यक्तिलाई ७ मंसिरमा कोभिड–१९ संँग मिल्दाजुल्दा लक्षण देखियो । परीक्षण गर्दा दुबैमा कोरोना संक्रमण पुष्टि भयो ।

दुबैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अफ्रिकामा उद्बिकास भएको यस भेरियन्टको कोरोना भाईरस निकै सङ्क्रामक रहेको बताईएको छ ।

पछिल्लो समय अमेरिका बेलायत लगायतका पश्चिमा मुलुकमा यो भाईरस निकै तिब्र गतिमा फैलिरहेको छ ।

भारतमा पनि तिब्र गतिमा फैलिएको यस भेरियन्टलाई बिश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नको सुचिमा राखेको छ

नेपालमा पनि भित्रियो ओमिक्रोन भेरियन्टको भाइरस

प्रकाशित मिति:December 6, 2021