ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल

Nepal Cover
२२ मंसिर २०७८, बुधबार
image

ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेकपा एमालेको सम्पत्ती खोसेर लगेको बताएका छन् ।

पार्टी कार्यालय निरीक्षणका लागि इटहरी पुगेका नेता नेपालले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् ।

उनले भने ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले थपे, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केही बात छैन फेरि आर्जन गरौंला ।’

उनले हक लाग्ने भए हक खोज्ने बताए । हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए ।

‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ ।’

ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल