भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

  Sampatti News

December 10, 2021

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन इजिप्ट हुने भएको छ ।

प्रमुख आयुक्त राई शुक्रवार विदेश भ्रमणमा इजिप्ट जानलाग्नु भएको हो ।

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन प्रमुख आयुक्त राईसहितको टोली शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालका अनुसार प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुनुहुने छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट इजिप्टमा शुरु हुँदैछ ।

विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागीतामा सो सम्मेलन आयोजना हुने भएको हो ।

आफैमा पनि स्वच्छ छवीका प्रशासक राइले अख्तियारको प्रमुख भएसँगै राष्ट्रको शुसासनको कार्यमा धेरै गृहकार्यहरु थालनी गर्नुभएको छ ।

उहाको नेतृत्वको अख्तियारले प्रदेश २ को मुख्यमन्त्रीको कार्यलयमा छापा हानेसँगै सर्वत्र उहाको कदमको प्रसंसा भएको थियो ।

उक्त छापाले स्थानियतहमा समेत राज्यको निकायको ध्यान छ है भन्ने सन्देश आमजनतामा प्रवाह गर्न सफल भएको थियो ।

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा गरेका कार्यहरुबारे आयुक्त राईले अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनुहुने छ ।

इजिप्टको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने धारणाहरु नेपालको शुसासनका निम्ती फलदायी रहने अपेक्षा गरिएको छ ।

विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागीहुने उक्त कार्यक्रममा भ्रष्टाचार नियन्त्रणको कार्यमा विश्वले अबलम्बन गरेका नीति रणनीतिबारे समेत छलफल हुने छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

प्रकाशित मिति:December 10, 2021