अवैध लागूऔषध सहित पक्राउ

  Sampatti News

December 12, 2021

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर-प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौडाको मनहरी गाउँपालिका-९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेको प्रहरीले जनाएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५.च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:December 12, 2021