सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

  Sampatti News

December 14, 2021

सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

मकवानपुर-सातवटै प्रदेशको प्रदेश प्रमुख सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ ।

नेपाल सरकारका मुख्य मुख्य सचिव शंकरदास बैरागीको उपस्थितीमा मंसिर २६ गतेदेखी बैठक सुरुभएको हो ।

बैठक २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बताईएको छ ।

बागमती प्रदेशले आयोजना गरेका कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताउनुभयो ।

केन्द्रीय सरकारबाट कानुन निमार्णदेखि हरेक सवालमा प्रदेश सरकारलाई सहजिकरण हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको सवालमा सबै प्रदेशहरुबीच समन्वय आवश्यक भएको कुरामा समेत जोड दिनु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले केन्द्रले सरकारले विकेन्द्रीकरण गर्नुपर्ने क्षेत्रहरु विकेन्द्रीकरण तथा हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहजिकरणमा केन्द्रले आफ्नो भूमिका सधैं निर्वाह गर्ने बताउनुभयो ।

मुख्य सचिव बैरागीले प्रदेशको काममा समेत केन्द्र सरकारले सेवा पुर्‍याउँने र प्रदेश सरकारले पनि सेवा प्रवाह र सुशासनमा ध्यान दिन निर्देशन दिनुभयो ।

समन्वय बैठकले प्रदेशहरुमा देखिएका विद्यामान समस्याहरुको विश्लेषण गरेर आगामी दिनमा संघीयताको सफल कार्यान्वयनलाई कसरी सशक्त बनाउने भन्ने मार्ग निर्देशन बनाउने बागमती प्रदेशको प्रमुख सचिव किरणराज शर्माले बताए ।

केन्द्र सरकारको समन्वय र सहकार्य भएमा प्रदेश सरकारलाई सेवा प्रवाह र सहजिकरणमा सहयोग मिल्ने प्रमुख सचिव शर्माले बताए ।

देशमा संघियता लागुभएपछीको यो नै पहिलो प्रदेश सचिवहरुको समन्वय बैठक हो ।

मुख्य सचिबको उपस्थिति रहेर प्रभावकारी कार्यक्रमको आयोजना बागमती प्रदेशले गरेको यसकार्यक्रम प्रदेशका प्रमुख सचिब शर्माले विशेष भुमिका खेलेकोले सबै प्रदेशका प्रमुख सचिबहरुलाइ नतिजामुखी काम गर्न सघाउ पुर्याउन सक्ने अपेक्षा गरिएको सहभागी मध्येका एकले सम्पत्ति न्युजलाइ बताए ।

सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

प्रकाशित मिति:December 14, 2021