नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

  Sampatti News

December 15, 2021

नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

बैतडी-नेकपा (एकीकृत समाजवादी) दाेगडाकेदार गाउँपालिका वार्ड नम्वर १ काे वार्ड कमिटीको अध्यक्षमा केशवराज जाेशी चयन भएका छन्।

मंगलवार सम्पन्न वडा अधिवेशनले जाशीको अध्यक्षतामा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको हाे

कमिटीकाे उपाध्यक्षमा राजु बिष्ट,देवराम सार्की चयन भएका छन्।

सचिवमा कर्णवहादुर विष्ट तथा उपसचिवमा हरे विष्ट,केशव वहादुर कुवर,शेरवहादुर चन्द लगायत चयन भएका छन्।

बैतडी जिल्ला कमिटी सदस्य हरिदत्त जाेशीको अध्यक्षतामा दाेगडाकेदार ८ नम्वर वडाकाे रीममा भएकाे अधिवेशन सम्पन्न भएको हो।

नेकपा एसले दाेगडाकेदार पालिकाले वडास्तरमा अधिवेशनमार्फत् कमिटी गठनलाई तीव्रता दिइरहेको छ।

पालिका भरिका ८ वटा वार्डमध्ये ६ वटा वडाहरूमा कमिटी गठन गरिसकेकाे गाउँ कमिटी अध्यक्ष लक्ष्मीदत्त जाेशीले वताउनुभयाे। यसैगरि वाकि रहेका वार्डमा चाडै वार्ड कमिटी गठन गरिने समेत उनले वताउनुभयाे।

वार्ड अधिवेशन उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य जयानन्द जाेशि रहनुभएकाे थियाे,यसैगरि विशिष्ठ अतिथिमा नेकपा (एस) बैतडी जिल्ला उपाध्यक्ष लालसिह कार्की,गाउँ कमिटी अध्यक्ष लक्ष्मीदत्त जाेशी लगायतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो।

नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

प्रकाशित मिति:December 15, 2021