एमालेमा मनोनित सदस्यको सपथ
काठमाडौँ-नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।
मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ ।
यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए ।
सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो ।
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।
मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी रहेका छन् ।
त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।
एमालेमा मनोनित सदस्यको सपथ