साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

  Sampatti News

December 15, 2021

साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ भनेर नयाँ थेसिस ठोकदिएको बताएका छन् ।

बुधबार आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले शेयर बजारका विषयमा प्रचण्डले नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य गरेका हुन् ।

उनले भने “प्रचण्डले शेयर बजारका सम्बन्धमा साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादका विषयमा लेनिनभन्दा पनि दुई स्टेप बढ्ता जान्ने भएछन् । लेलिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए । दुई दिनमा शेयर बजार धराधासी भयो ,” ।

ओलीले अर्थतन्त्र मतलब नगरी शेयर कारोबारीले चन्दा नदिएपछि त्यस्तो भनेको हुनसक्ने बताए ।

आफूहरूले त्यस्तो बोलेको भए सडक तात्ने र मिडियामा आगो बल्ने अवस्था आउने उनको भनाइ थियो ।

साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

प्रकाशित मिति:December 15, 2021