प्रचण्ड र देउवा बिच बालुवाटारमा भेटवार्ता

  Sampatti News

December 17, 2021

प्रचण्ड र देउवा बिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ-प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।

प्रचण्ड र देउवाको भेट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको हो ।

शुक्रबार बिहानै देउवालाई भेट्न प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका थिए ।

उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ ।

संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।

प्रचण्ड र देउवा बिच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति:December 17, 2021