नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे

  Sampatti News

December 17, 2021

नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे

काठमाडौं-नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ पाँचथरका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।

डा.शेखर कोइरालाको प्यानलका विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदेम्बे निर्वाचित भएका हुन् ।

कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदेम्बेले २७११ मत पाएका छन् भने डा.शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।

त्यस्तै कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् ।

यसैगरी सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे

प्रकाशित मिति:December 17, 2021