भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

  Sampatti News

December 19, 2021

भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उहाँ विजयी हुनु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित हुनुभएको पूर्वअध्यक्ष चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:December 19, 2021