फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

  Sampatti News

December 19, 2021

फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं-फार्मेसीको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

परिषदले शनिबार लिएको १८ औं लाइसेन्स परीक्षाको हिजो राति प्रकाशन गरेको हो ।

डिप्लोमा इन फार्मेसीमा ११ सय ३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५ सय ७६ जना सहभागी भएका थिए ।

प्रकाशित नतिजाअनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन् ।

फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति:December 19, 2021