कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी

Nepal Cover
६ पुष २०७८, मंगलवार
image

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी

काठमाडौँ-सहसचिव रमेशकुमार केसी कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

सहसचिव केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन् ।

वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सहसचिव रमेशकुमार केसीलाई शपथ गराएका हुन् ।

अनुभवी र कुशल प्रशासक रमेशकुमार केसीको अध्यक्षतामा कृषि बिकाश बैकको सुधार तथा प्रगतीको अपेक्षा गरिएको छ ।

शपथ कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरहरु डा। निलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैङ्क नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैङ्कका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैङ्कका सञ्चालक समिति सदस्य सञ्जीव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल उपस्थित रहेका थिए ।

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी