चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

  Sampatti News

December 21, 2021

चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

काठमाडौँ-काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

चिट चोर्न नदिएको भन्दै स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षकलाई कुटेका हुन् ।

कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको हो ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।

ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ ।

उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।

चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

प्रकाशित मिति:December 21, 2021